१३ कार्तिक २०८३, शुक्रबार

हाट भर्न हिँडेका युवक सात दिनपछि मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khotang Sadakखोटाङ, १५ पुस । हाट भर्न गएर घर फर्किएका खोटाङका एक युवक सात दिनपछि मृत फेला परेका छन् । जिल्लाको उत्तरी गाविस फेदी–४ का २९ वर्षीय मनकुमार राई मङ्गलबार बेलुका मृत फेला परेका हुन् ।

गत पुस–८ गते बाक्सिलास्थित बुधबारे हाट भर्न घरबाट हिँडेका राई छिमेकी गाविस बाँसपानी–५ मा मृत फेला परेको स्थानीयवासीले बताएका छन् । गाई चराउन गएका गोठालाले बाँसपानी–५ र ७ को सिमानामा पर्ने ठाडो खोल्सीमा राईको शव फेला पारेपछि प्रहरी चौकी बाक्सिलालाई खबर गरेका थिए ।

राईको मृत्युबारेको रहस्य खुल्न बाँकी रहेको जिप्रका, खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो । राईको मृत्युबारे थप अनुसन्धान गर्न जिल्लाबाट घटनास्थलतर्फ अनुसन्धान टोली परिचालन गरिएको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो । रासस