१३ कार्तिक २०८३, शुक्रबार

एक लाख १० हजार भूकम्प पीडित परिवारलाई जाडो प्याकेज, १०-१० हजार वितरण हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो
फाइल फोटो

काठमाडौं, १४ पुस । नेपाल पुनः निर्माण प्राधिकरणले एक लाख १० हजार भूकम्प पीडित परिवार जाडो प्याकेज अन्तर्गत १०-१० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मंगलबार शहरी विकास तथा भवन निर्माण विभागका उप महानिर्देशक एवं सेल्टर कलस्टर संयोजक रवि शाहद्धारा जारी विज्ञप्तिमा जाडो प्याकेज अन्तर्गत एक लाख १० हजार भूकम्प पीडित परिवारलाई १०-१० हजार रुपैयाँ उपलब्ध गराइने जनाइएको छ ।

विभिन्न संघ संस्थाहरुबाट सेल्टर कलस्टरलाई सोमबार सम्ममा प्राप्त भएको जानकारी अनुसार नगद, जाडोयाममा लगाउने बस्तु र नगद गरेर ४५ हजार ७ सय ६५ घरधुरीलाई सहयोग वितरण गरिसकिएको विज्ञप्तिमा उल्लेख छ । साथै ५२ हजार ९ सय २१ घरधुरीलाई वितरण भइरहेको छ ।

यसैगरी १ लाख ९ हजार ९ सय ३२ घरधुरीलाई जाडो प्याकेज अन्तर्गत नगद र भौतिक वस्तुहरु वितरण गरिने योजना रहेको विज्ञप्तिमा जनाइएको छ ।

साथै मंगलबार पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा बसेको सहरी विकास मन्त्रालयका सचिव तथा (Shelter Cluster/ Housing Reconstruction and Rehabilitation Platfirm)को संयुक्त बैठकमा अबको हप्ता दिनभित्र करिब ९० प्रतिशत भूकम्प पीडितहरुलाई उक्त सहयोग उपलब्ध गराउने प्रतिबद्धता सम्बन्धित सबैले व्यक्त गरेका छन् ।
यस्तो छ शहरी विकास तथा भवन निर्माण विभागद्धारा जारी विज्ञप्तिः

भूकम्प पीडित परिवारको लागि सहयोग उपलब्ध गराउने सम्बन्धि प्रेश विज्ञप्ति

गत बैशाख १२, १३ र २९ गते गएको महा–भूकम्पको कारणले देशमा करिव ६ लाख आवासीय भवनहरु क्षतिग्रस्त भएको अवस्था रहेको देखिन्छ । भूकम्पबाट घरवारविहिन हुन पुगेका प्रभावित परिवारहरुको पुनर्वास कार्यक्रम सञ्चालन गर्न सहरी विकास तथा भवन निर्माण विभागबाट १७ वटा नमुना आवास डिजाईनहरु समावेश गरि (Design Catalogue For Reconstruction of Earthquake Resistant Houses) तयार भएको छ । उक्त आवास भवन निर्माण सम्पन्न गर्न समय लाग्ने भएकोले भूकम्प प्रभावित परिवारहरुलाई तत्काल जाडोबाट बच्नका लागि न्युनतम आवश्यकता परिपुर्ति गर्नको लागि प्रति घरधुरि रु १०,००० (दशहजार) का दरले (Winterization Package) को रुपमा वितरण गर्ने नेपाल सरकारको निर्णय भएअनुसार उल्लेखित रकम वितरण सुचारु भएको देखिन्छ ।

साथै मिति २०७२/०९/१४ मा नेपाल पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सहरी विकास मन्त्रालयका सचिव तथा (Shelter Cluster/ Housing Reconstruction and Rehabilitation Platfirm) को सयुक्त बैठकमा अबको हप्ता दिन भित्रमा लगभग ९० प्रतिशत भूकम्प पिडितहरुलाई उक्त सहयोग उपलब्ध गराउने प्रतिबद्धता सम्वन्धित सबैले व्यक्त गरेको छ ।

साथै विभिन्न संघ संस्थाहरुबाट (Shelter Cluster) लाई मिति २०७२/०९/१३ सम्ममा प्राप्त भएको जानकारी अनुसार नगद, (Winter Kit) तथा (Voucher) गरेर ४५,७६५ घरधुरीलाई सहयोग वितरण सम्पन्न भैसकेको, ५२,९२१ घरधुरीलाई वितरण जारी रहेको र १,०९,९३२ घरधुरीलाई वितरण गरिने योजना रहेको जानकारी प्राप्त भएको छ । साथै नेपाल सरकार गृह मन्त्रालय मार्फत उल्लेखित मिति भित्र ६१०९२ घरधनिहरुलाई रु १०००० का दरले सहयोग गर्न सम्बन्धित गा.वि.स हरु मार्फत निकासा भैसकेको छ । र हालसम्म (Winterization Package) अन्र्तरगत रु एक अरब एकसठि करोड खर्च भैसकेको व्यहोरा जानकारीमा आएको छ ।

रवि शाह
उप महानिर्देशक, शहरी विकास तथा भवन निर्माण विभाग,
सेल्टर कलस्टर संयोजक