
– नरेश केसी
भैरहवा, १४ पुस । विगत चार महिनादेखी तराई मधेस बन्द हड्तालले आक्रान्त हुँदा शैक्षिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको भन्दै त्यसको दिर्घकालिन समाधानको उपाय खोज्ने ध्ययेले रुपन्देहीमा राष्ट्रिय स्तरको शैक्षिक बहस आयोजना हुने भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) रुपन्देहीले आफ्नो १३ औ साधारण सभा तथा नवनिर्मित भवन उद्घाटनको अवसर पारेर मोफसलमै पहिलो पटक वृहत राष्ट्रिय शैक्षिक बहस कार्यक्रम आयोजन गर्न लागेको हो ।
शैक्षिक बहसको बारेमा जानकारी दिन प्याब्सन रुपन्देहीले मंगलबार प्याबसन भवन तिलोत्तमा नगरपालिका शंकरपुर रुपन्देहीमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

प्याब्सन रुपन्देहीका अधयक्ष सुदीप केसीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने ‘रुपन्देहीको मध्यमाग शंकरपुरमा प्याब्सन रुपन्देहीले वृहत शैक्षिक बहस यहि पुस १७ गते गर्दै छ । माननीय शिक्षामन्त्री गिरिराजमणी पोखरेल, संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, शिक्षा महानिर्देशक खगराज बराल, शिक्षा सचिव विश्व प्रकाश पण्डित ,त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तिर्थ खनिया , शिक्षामन्त्रालयका विशिष्ट व्यक्तित्वहरु, काठमाडौ विश्वविद्यालयका उपकुलपति, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति, प्याब्सनका केन्द्रीय अध्यक्ष तथा पदाधिकारी, अभिभावक संघका केन्द्रीय अध्यक्ष, शिक्षाविद्, राजनीतिकदलका शिक्षाविभाग हेर्ने नेताहरु, लुम्बिनी अञ्चलमा क्रियाशील शैक्षिक व्यक्तित्वहरु, विद्यार्थि, अविभावक र विद्यालय सन्चालक लगायत सरकोकारवालाको कार्यक्रममा उपस्थिीती रहने छ ।
अध्यक्ष के.सीले राष्ट्रमा संघीय राज्य प्रणाली अवलम्बन गरिदै गर्दा संघीय राज्य प्रणालीमा शिक्षा नीति कस्तो हुने ?, पाठ्यक्रम कस्तो बन्ने ?, र अवको शिक्षा प्रणाली कस्तो हुने ?े भन्ने विषयमा बृहत राष्ट्रिय शैक्षिक बहस गरी समग्र शिक्षा प्रणालीलाई व्यवस्थित बनाउन टेवा पुराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको जनाए ।
प्याब्सन रुपन्देहीका सचिव महेश भुर्तेलको सन्चालन तथा वृहत राष्ट्रिय शैक्षिक बहस कार्यक्रमका प्रचार संयोजक गोकुल पोखरेलको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा प्याब्सन नेपालका पुर्व वरिष्ठ उपाध्यक्ष ज्ञानदेव हटुवाल, केन्द्रिय सदस्य विष्णसु पन्थि, प्याब्सनका प्रमुख सल्लाहकार कृष्ण खनाल, सल्लाहकार अनन्तराम शर्मा, एकनारायण काफ्ले, कुलराज शर्मा, दामोदर भुसाल, नेपाल पत्रकार महासंघका सभापति शेर बहादु्र के.सी, उपाध्यक्ष शारदा ज्ञवाली लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा प्याब्सन रुपन्देही उपाध्यक्ष लेखनाथ पौडेलले प्रेस विज्ञप्ती सुनाएका थिए ।
सो अवसरमा प्याब्सन रुपन्देहीका अध्यक्ष सुदीप केसी, सचिव महेश भुर्तेल र प्रचार संयोजक गोकुल पोखरेलद्वारा संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरिएको प्रेस विज्ञप्तीमाा विगत झन्डै चार महिनादेखिको लामो बन्द हड्तालको कारण तराई मधेसका शैक्षिक संस्थाहरुमा नियमित पठनपाठन हुन सकेको छैन । बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित भएको छ भने समग्र शिक्षा क्षेत्रलाई नै नराम्ररी प्रभावित पारेको छ ।
शिक्षा क्षेत्र शान्ति क्षेत्र भनेर घोषणा गरिएता पनि कार्यान्वयन नहुँदा हामी शिक्षाप्रेमीहरु दुःखित हुनु परेको छ भन्दै विश्व शान्तिका नायक महामानव गौतम बुद्धको जन्मथलो लुम्बिनी क्षेत्रका विद्यालयहरुलाई “विद्यालय शान्ति क्षेत्र हो ” भन्ने धारणालाई व्यवहारतः नउतारेसम्म समग्र मुलुकमा त्यसलाई कार्यान्वयन गर्न कठिनाई हुने जनाइएको छ । विज्ञप्तीमा शान्तिका दूत बुद्धकोे शान्ति सन्देशलाई अंगिकार गर्न रुपन्देहीमा हुने शैक्षिक बहसले सबैलाई प्रोत्साहित गर्ने हामीले अपेक्षा लिएको छ ।












प्रतिक्रिया