काठमाडौँ, १४ पुस । राजा वीरेन्द्रको जन्मजयन्तीका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा रहेको उनको सालिकमा दीपावली र फूलमाला अर्पण गरियो ।
सहकालका देवता इन्द्रको नित्य पूजा भइरहने स्वर्गपुरी मन्दिर परिसरमा रहेको सो शालिकमा मन्दिरका नित्य पुजारी तथा अध्यक्ष अच्युतप्रसाद भण्डारीले दीपावली गरी फूलमाला अर्पण गर्दै ‘सत्य बोल, धर्म गर’ भन्ने भावना राजा वीरेन्द्रमा रहेको बताउनुभयो । रासस












प्रतिक्रिया