१३ कार्तिक २०८३, शुक्रबार

संविधान कार्यान्वयन गर्न राजनीतिक दलबीचको एकता अपरिहार्य छः खड्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

purna-bhadur-khakda

पोखरा, १४ पुस । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले नेपालको नयाँ संविधान कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीचको एकता अपरिहार्य भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधान जारी गर्दासम्म एक जुट बनेका दल जारी पछिको समयमा एक बन्न नसकेकै कारण देशमा विद्यमान सङ्कट समाधान हुन नसकेको बताउँदै दलहरूबीचको १६ बुँदे सहमतिका आधारमा अहिले पनि अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

देशको जारी समस्या एवम् मित्रराष्ट्र भारतसँगको चिसिएको सम्बन्धलाई सुदृढ बनाउन पनि नेपालका राजनीतिक दल एक ठाउँमा बस्नु अपरिहार्य भएको नेता खड्काको भनाइ छ ।

वर्तमान सरकारले संविधानमा उल्लिखित २५ जनाको मन्त्रिमण्डल हुने कुरालाई तोडेर ४० पु¥याएको उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयनका लागि बनेको सरकारले संविधान मिचेर गलत काम गरेको आरोप लगाउनुभयो ।

नेपाली काँग्रेसको आसन्न महाधिवेशनले विद्यमान ६०÷४० को घेरालाई तोड्नुपर्ने औँल्याउँदै उहाँले समयानुकूल पार्टीमा नवजागरणको अभियान आवश्यक भएको बताउनुभयो । रासस