१३ कार्तिक २०८३, शुक्रबार

सर्लाहीमा एकाविहानै एमाले नेता रामनरेश रायको हत्या, पाँच जनाले भागेर ज्यान जोगाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarlahi-Districtसर्लाही, १४ पुस । नेकपा एमालेका नेता रामनरेश रायको मंगलबार विहान हत्या भएको छ ।

घरबाट साथीसँग मर्निङ वाकमा निस्किएका ५८ वर्षीय रायलाई हेमपुर गाविस वडा नम्बर ८ मा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

रायसँगै मर्निङवाकमा हिँडेका पाँच जनाले भागेर ज्यान जोगाएको सर्लाही प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार रायको आँखामा खुर्सानीको धूलो छर्केर धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

हत्या कस्ले र किन गरेको भन्ने बारेमा केही खुल्न सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हेमपुर गाविसका दुईपटक निर्वा्चित अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहिसकेका राय लोकप्रिय नेता थिए । उनी पछिल्लो समय पार्टीको निर्णयबमोजिम मधेसमा संविधानबारे जनतालाई बुझाउने अभियानमा समेत लागिरहेका थिए ।

यसैबीच नेकपा एमालेले घटनाका दोषी पत्ता लगाएर कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।