१३ कार्तिक २०८३, शुक्रबार

सप्तरीमा हतियारसहित दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestolसप्तरी, १३ पुस । इलाका प्रहरी कार्यालय भेडियाबाट खटेको प्रहरी टोलीले हर्दिया गाविसमा हतियारसहित दुई व्यक्ति आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीयवासी ३० वर्षीय रामभरोस यादव र २० वर्षीय सुशील खपाङ्गी मगर रहेको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा खोजतलास गर्दा यादवका घरबाट एक थान कटुवा पेस्तोल फेला परेको छ । हतियार राखिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

अभियुक्त दुवैविरुद्ध म्याद थपी खरखजनाअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरी उपरीक्षक मप्रसाद ढकालले जानकारी दिनुभयो ।

जलेर बालकको मृत्यु

सिम्राहासिग्यौन गाविसमा आज आगलागीमा परी वडा नं १ का जुक्तिलाल यादवको १२ वर्षीय नाति सम यादवको मृत्यु भएको छ । यादवको गोहाली घरको घुरबाट अचानक सल्केको आगाले गोहाली घर जल्नाका साथै सो घरमा सुतेका बालकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । रासस