
काठमाडौं, ३ पुस । आन्दोलनरत मधेसी मोर्चासँग निर्णायक वार्ता गर्न तीन दल सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा एमाले र एमाओवादीबीच यस्तो सहमति भएको हो ।
बैठकमा मधेस आन्दोलनका माग सम्बोधन र संसदमा पेस गरिएको संविधान संशोधन विधेयक परिमार्जन गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका दोस्रो तहका नेताहरु उपस्थित थिए ।
मधेसी मोर्चासँग निर्णायक वार्ता गर्ने निर्णय गरेपछि कहिले र कहाँ हुने भन्नेबारे खुलाइएको छैन् ।
बैठकपछि एमाले बरिष्ठ नेता झलनाथ खनालले मधेसी मोर्चाले उठाएका मुद्दा, संविधान संशोधन लगायतका विषयमा गम्भीर छलफल भएको बताउनुभयो । उहाँले तराईमा देखिएका समस्या गर्ने विषयमा मधेसी मोर्चासँग छलफल गरेर साझा अवधारणा बनाएर अघि वढ्ने सहमति पनि भएको बताउनुभयो ।












प्रतिक्रिया