
काठमाडौं, १३ पुस । विश्व फुटबल स्टार एवं बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सीले ग्लोबल स्कोर अवार्ड जितेका छन् ।
रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र बुफोनलाई पछि पार्दै मेस्सीले विश्वको उत्कृष्ट खेलाडीका रुपमा दुबईमा यो अवार्ड जितेका हुन् ।
रोनाल्डो दोस्रो र बुफोन तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो । अवार्ड लिँदै मेस्सीले अवार्ड पाएकोमा निकै खुसी लागेको र यो सबै टिमले गर्दा सम्भव भएको बताए ।
साथै बेष्ट मिडिया अटेन्सन अर्वाड पनि बार्सिलोनाले जितेको छ । फ्राङ्क लाम्पार्ड र आन्द्र पिर्लोलाई प्लेयर करियर अवार्ड दिइएको छ ।
गतसाता घोषित क्लबमा बार्सिलोना विश्वकै उत्कृष्ठ क्लब बनेको थियो ।















प्रतिक्रिया