२३ कार्तिक २०८३, सोमबार

प्रमुख दलहरुलाई सभामुख घर्तीको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

onsari gharti magar (1)

काठमाडौँ, १२ पुस । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई सबै पक्षको सहमतिमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सकेसम्म आफूले तराई मधेसमा आन्दोलनरत दलको सहमतिमा नै संशोधन प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको भए पनि सहमति हुन नसकेको खण्डमा सैद्धान्तिक छलफल अगाडि बढ्ने बताउनुभयो ।

उहाँले लामो समयसम्म मुलुकलाई अन्योलताको भुँमरीमा राख्न नहुने उल्लेख गर्दै उहाँले संविधान संशोधन प्रक्रिया अगाडि बढ्दा आन्दोलनरत दलको केही माग सम्बोधन हुने स्पष्ट पार्नुभयो ।

दलहरुबीच सहमति होस् भनेर नै आफूले सदनमा सो विषयमा छलफल पर सारेको जानकारी दिँदै सभामुख घर्तीले तत्काल सहमति जुटाउन प्रमुख राजनीतिक दललाई आग्रह गर्नुभयो । प्रमुख दलबीच तराई मधेसका विषयमा छलफल जारी रहेपनि सहमति हुन नसक्दा मुलुक अन्योलमा फसेको भन्दै उहाँले सघन छलफल गरेर सहमति जुटाउन र निकास दिन आग्रह गर्नुभयो ।

केही सांसद्ले नाराबाजी गरिरहँदा पनि सदन चलाउनु आफ्नो बाध्यता भएको उल्लेख गर्दै उहाँले विवादित विषयमा सहमति भएको भए आफूलाई पनि सहज हुने धारणा राख्नुभयो । आफूले नियमकानुन, विधि र परम्पराका आधारमा सदनलाई अगाडि बढाएको स्पष्ट पार्दै सभामुख घर्तीले एकपक्षीय भएको भन्ने आरोपमा सत्यता नभएको बताउनुभयो । रासस