पाल्पा, १३ पुस । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधान जारी भएकाले कांग्रेस पनि परिवर्तन र गतिशील हुनुपर्ने बताउनुभएको छ ।
नेपाल पे्रस युनियन, पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपसभापति पौडेलले कांग्रेसमा भागबन्डाका आधारमा राजनीति हुँदै आएकामा अब पार्टी मूल्याङ्कनका आधारमा चल्नुपर्ने धारणा राख्नु भयो ।
उहाँले कांग्रेसको नीतिगत बहस हुन जरुरी रहेको र काँग्रेस बदलिएर देशलाई बदल्नुपर्ने बताउनुभयो ।
उपसभापति पौडेलले संविधान जारी गर्ने पक्ष र मधेसी दलहरुबीच समस्या समधान गर्ने विषयमा राजनीतिक तहमा छलफल भइ रहेको उल्लेख गर्नु भयो ।
कांग्रेसको १३औँ महाधिवेशन नजिकै आउँदै गरेको अवस्थामा नेता पौडेल संविधान, सद्भाव अभियानसँगै चुनावी प्रचारमा जिल्ला भ्रमण रहनु भएको छ ।
पाल्पामा कांग्रेसका कार्यकर्ताहरुमा चुनावी माहोल बढेको छ । रासस












प्रतिक्रिया