काठमाडौं, १२ पुस । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल र आयोजक भारतबीचको खेलमा विमल घर्तीमगरले उत्कृष्ठ गोल गरेका छन् ।
उनले खेलको तीन मिनेटमा गोल गरेर नेपाली टिमलाई अग्रता दिलाएका छन् ।
काठमामाडौंस्थित दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिप २०१३ मा समूह चरणको अन्तिम खेलमा नेपालले भारतलाई २–१ ले हराएको थियो । ५ सेप्टेम्बर, २०१३ मा भएको त्यस प्रतिस्पर्धापछि लगातार ११ खेलमा नेपालले गोल गर्न सकेको थिएन् ।
उक्त रेकर्ड तोड्दै विमलले उत्कृष्ठ गोल गरेका हुन् ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया