२३ कार्तिक २०८३, सोमबार

सरकारलाई उपेन्द्र यादवको कडा चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra

काठमाडौं, १२ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं मधेसी मोर्चाका नेता उपेन्द्र यादवले हिजो विराटनगरस्थित जोगवनी नाकामा भएको घटनाको भर्त्सना गर्नुभएको छ ।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारी दमनको विरोध गर्नुभयो । ‘सरकारले दमन गरेर वार्ता विथोल्न खोज्यो, हामी वार्ताबाट समाधान खोज्दै छौं,’ उहाँले भन्नुभयो– ‘आन्दोलनमा दमन नगर्न म सरकारलाई सचेत गराउन चाहन्छौं ।’

उहाँले अब पनि दमन नरोके वार्ता बहिष्कार गरेर नाका पूर्ण रुपमा ठप्प पार्ने चेतावनी दिनुभयो । ‘यस्तै चलिरहने हो भने वार्तामा बस्ने वातावरण रहँदैन् । हामी तराई झर्छाै, आन्दोलन सशक्त पार्छाै । नाकाबाट एक दानो पनि छिर्न दिँदैनौं’ चेतावनी दिँदै यादवले भन्नुभयो ।