२३ कार्तिक २०८३, सोमबार

राजेन्द्र महतो कुटिएपछि मधेसी मोर्चाको कडा प्रतिक्रिया (विज्ञप्तिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-1

– विमल योगी
काठमाडौं, १२ पुस । आन्दोलनरत मधेसी मोर्चाले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि आक्रमण गर्ने दोषीलाई तत्काल कारवाही गर्न माग गरेको छ ।

सिंहदरबारमा आज बसेको मोर्चाको बैठकले महतोमाथि भएको आक्रमणको भर्त्सना गर्दै न्यायिक छानविन गरी दोषीलाई अविलम्ब कारवाही गर्न माग गरेको हो ।

Morcha-2

‘शनिबार विराटनगरको जोगवनी नाकामा धर्ना बसिरहेको अवस्थामा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुमाथि प्रहरीले लाठी प्रहार गरी सख्त घाइते बनाएको छ । राज्यको दमनकारी नीति र कार्यको मोर्चा घोर विरोध, भर्त्सना र निन्दा गर्दछ । उक्त घटनाका सम्बन्धमा न्यायिक छानविन गरी दोषिमाथि अविलब्म कारवाही गरिनुपर्दछ,’ बैठकपछि मधेसी मोर्चाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस् विज्ञप्ति जस्ताको तेस्तै:

Morcha