
काठमाडौं, १२ पुस । भारतीय जनता पार्टीका सांसदलाई आतंकवादी संगठन इश्लामिक स्टेटले धम्की दिएको छ ।
यूपीको सरधनाबाट निर्वाचित बीजेपी विधायक संगीत सोमलाई शनिवार फोनमार्फत ज्यान मार्ने धम्की आएको हो । धम्की दिनेले आफूलाई आईएसआईएस (इस्लामिक स्टेट अफ इराक एण्ड सीरिया)को आतंकवादी लडाकू बताएका थिए ।
प्रहरी अधिकारीका अनुसार दक्षिण अमेरिकी देश चिलीबाट इन्टरनेट कलका माध्यमबाट बीजेपी विधायकलाई धम्की दिइएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी बीजेपीका विधायक सोमले अधिकारीहरुलाई घटनाबारे जानकारी गराउँदै सरधना थान निवेदन दिएका छन् । सुरक्षा एजेन्सी र पुलिस जाँचमा जुटेका छन् ।
भारतीय पत्रिका अमर उजालाका अनुसार प्रहरी साइबर क्राइम डिर्पाटमेन्ट परिचालन गरेर धम्की आएको इन्टरनेट कलबारे अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया