२३ कार्तिक २०८३, सोमबार

आजभोली नै मोर्चा सहमतिमा आउँछः प्रचण्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaविराटनगर, १२ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मधेस आन्दोलनको समस्या समाधानका लागि घनीभूत रुपमा छलफल भइरहेकाले चाँडै निकास निस्कने विश्वास व्यक्त गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज विहाने सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले मधेसी मोर्चासँग भइरहेको वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको र आज बेलुकी हुने वार्ता परिणामुखी हुने सम्भावना रहेको जानकारी गराउनुभयो ।

उहाँले संविधान संशोधन विधेयकलाई परिमार्जन गर्नुपर्ने मोर्चाको माग रहेकाले संसद्मा सैद्धान्तिक रुपमा छलफल हुने र संशोधन प्रस्तावको तयारीसमेत गर्न सुझाव दिइएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “संविधान संशोधन विधेयक परिमार्जन गरिएमा र संयन्त्र निर्माण गरी तीन महिनाभित्र सीमाङ्कनको विषयमा मोर्चा सुनिश्चितता गर्न सकिए वार्ता सफल हुनेछ ।”

‘सरकार छाड्ने हल्ला गलत’
सरकार छाड्ने हल्ला गलत रहेको भन्दै उहाँले बरु सरकारलाई अझ कसरी प्रभावकारी बनाउनेतर्फ पार्टी अग्रस रहेको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले नाकाबन्दी कसरी हटाउने र मधेसी मोर्चासँगको वार्तालाई कसरी परिणाममुखी बनाउनेतर्फ मात्र ध्यान केन्द्रित रहेकाले सरकार ढाल्ने चर्चा सञ्चार क्षेत्रमा मात्र रहेको स्पष्ट पार्नुभयो ।

मन्त्रिमण्डल विस्तार र मन्त्रालय विभाजनको सम्बन्धमा उहाँले भन्नुभयो, “सरकारमा जाने बेलामा समझदारी भएको भए पनि अहिले नकारात्मक सन्देश गएको र एमाओवादीको तर्फबाट पनि राज्यमन्त्री थपिन सकिने सम्भावना छ ।” रासस