२३ कार्तिक २०८३, सोमबार

बाक्लो लुगा कुरेर बसेका भूकम्पपीडितको चिसोले धमाधम मृत्यु हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gorkha ko Pidit
काठमाडौं, १२ पुस । बढ्दो चिसो थेग्न बाक्लो लुगा कुरेर बसेका भूकम्पपीडितको चिसोकै कारण मृत्यु हुने क्रम बढेको छ भने पीडितहरु धमाधम बिरामी पर्न थालेका छन् ।

भूकम्पमा घर भत्किएपछि टहरामा बस्दै आएका गोरखा आरुआर्वाङ १ का अन्दाजी ६० वर्षीय लालबहादुर बरामको टहरामै मृत्यु भयो ।

खाना खाएर टहरामा सुतेका बरामको चिसोले मृत्यु भएको छिमेकी अर्जुन बरामले बताएको नागरिक दैनिकले छापेको छ । उनका अनुसार गत शनिबार दिउँसोसम्म उनी तगडै थिए ।

आइतबार बिहान टहरामा उनलाई छिमेकीहरुले मृत भेटेका थिए । ओढ्ने ओछ्याउने, जाडो थेग्ने लुगाकपडा थिएन । त्रिपालले बारेको टहरामा बस्दै आएका थिए बराम । उनी बस्दै आएको टहरो छ्याङछ्याङती हावा छिर्ने खालको थियो ।