२३ कार्तिक २०८३, सोमबार

बाह्रबुँदेमा सहमति जनाएपछि सरकारलाई समर्थन : अध्यक्ष बिजुक्छे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayanman-Bijukcheभक्तपुर, ११ पुस । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकारसँग १२ बुँदे सम्झौताका आधारमा नेमकिपाले समर्थन गरेको खुलासा गर्नुभएको छ ।

नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुरले यहाँ आज आयोजना गरेको १२२ औँ माओ जयन्तीको अवसरमा उहाँले देश र जनताको सम्बोधन हुने गरी नेमकिपाले गरेको प्रस्तावलाई सरकारले प्रतिबद्धता जनाएकै आधारमा सरकारलाई समर्थन गरेको बताउनुभयो ।

नेमकिपाले कहिल्यै पनि पद र पैसाको लागि राजनीति नगरेको चर्चा गर्दै उहाँले सरकारले देश र जनताको पक्षमा काम गरेसम्म समर्थन रहने बताउनुभयो । रासस