२३ कार्तिक २०८३, सोमबार

कांग्रेस, एमाओवादी र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक, भोली फेरि वार्तामा बस्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda
वार्तापछि पत्रकार सम्मेलनमा प्रचण्ड

– विमल योगी
काठमाडौं, ११ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्ता साझेदार दल एकीकृत माओवादी र मधेसी मोर्चाबीच सकारात्मक वार्ता भएको छ ।

कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा भएको वार्तामा संसदको गतिरोध अन्त्य, संविधान संशोधन विधेयक र मधेस आन्दोलनका मुद्दाबारे छलफल भएको थियो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिपक्षीय वार्ता सकारात्मक भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘आजको वार्ता निकै सकारात्मक भएको छ । समय अभावले भोली फेरि वार्तामा बस्छौ । विहानै शीर्ष नेताबीच छलफल हुन्छ । देशलाई निकास दिन, गतिरोध अन्त्य गर्न सहमतिको प्रयास भइरहेको छ ।’

प्रचण्डले भोली विहान प्रमुख दलका शीर्ष नेताहरुसँग गतिरोध अन्त्यका लागि छलफल गर्ने सहमति भएको बताउनुभयो । एमालेसँग पनि छलफल गरिने उहाँको भनाई थियो ।

वार्तापछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सकारात्मक रुपमा वार्ता सम्वाद चलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पछिल्ला वार्ता सम्वाद निकै सकारात्मक छन् तर, कुनै ठोस सहमतिमा पुग्न सकिएको छैन् । छलफल भइराखेको छ, हाम्रो आन्दोलन यथावत छ । माग पुरा हुनेवित्तिकै फिर्ता लिन्छौं ।’

कांग्रेस प्रवक्ता दिलेन्द्र बडूले पनि वार्ता सकारात्मक भएको बताउँदै थप छलफलको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘संविधान संशोधनमा नमिलेका भाषाहरु मिलाउन प्रयत्न गरिरहेका छौं । भोली सम्ममा केही ठोस निर्णयमा पुग्छौं ।’

वार्तामा कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, महेन्द्र यादव लगायतका नेताहरु सहभागी हुनुहुनथ्यो ।