काठमाडौं, ११ पुस । भारत पाकिस्तान सीमा क्षेत्र जम्बू काश्मिरमा एकपटक फेरि भारतीय प्रहरीमाथि आतंकवादी हमला भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार काश्मिरको राजधानी श्रीनगरमा शुक्रवार आतंकवादी लडाकूहरुले प्रहरीमाथि हमला गरेका हुन् । विहीबार पनि प्रहरीमाथि हमला गरेका आतंकवादीको आक्रमणबाट भारतीय प्रहरीका डीएसपीसहित केही प्रहरी जवान घाइते भएका छन् ।
घटना काश्मीरको सरफ कदल इलाकाको हो जहां आतंकवादीको बाक्लो उपस्थिती रहेको छ । यसअघि काश्मीरको अनंतनाग जिल्लामा विहीबार आतंकवादी आक्रमण भएको थियो । जहाँ केही प्रहरी अधिकारी घाइते भएका थिए । आतंकवादीको आक्रमणपछि उक्त क्षेत्रमा पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको छ । (एजेन्सीको सहयोगमा)















प्रतिक्रिया