२३ कार्तिक २०८३, सोमबार

लाजिम्पाटमा कांग्रेस र एमाओवादीबीच गोप्य वार्ता, के-के भयो सहमति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala-Prachanda-Meeting
फाइल तस्वीर

– विमल योगी
काठमाडौं, ११ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीबीच वार्ता भएको छ ।

आज विहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास बालुवाटारमा भएको वार्तामा संसदको गतिरोध अन्त्य गर्ने, मधेस आन्दोलनको समाधान खोज्ने र एमालेलाई तान्ने निर्णय भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘गतिरोध अन्त्यका लागि कांग्रेस र एमाओवादी मिलेर जाने सहमति भएको छ । मधेसी मोर्चाका जायज माग पुरा गरेर देशलाई निकास दिन एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास गर्छौ ।’

यसैबीच कांग्रेस र एमाओवादी र मधेसी मोर्चाबीच छुट्टै वार्ता गर्ने सहमति पनि भएको छ । दिउँसो तीन बजे कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा राखिएको बैठकमा एमालेलाई पनि बोलाउने तयारी भइरहेको छ ।

पछिल्लो समय प्रतिपक्षी दल कांग्रेस गतिरोध अन्त्यका लागि सक्रिय भएर सहमति खोज्न जुटेको छ ।