काठमाडौं, ११ पुस । अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय विभाजनप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले मन्त्रालय विभाजन गर्नुपर्ने बाध्यता भएपनि विभाजन नगरेको भए राम्रो हुने प्रतिक्रिया दिनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज बिहान कुरागर्दै मन्त्री पौडेलले बाध्यताका कारण मन्त्रालय विभाजन गरिएको बताउनुभयो । ‘मन्त्रालय विभाजन रहर होइन बाध्यता हो’, उहाँले भन्नुभयो, ‘यो कार्य राम्रो होइन ।’
मन्त्रालय विभाजनका विषयमा एमालेभित्रै बिरोध भएको विषयमा भने मन्त्री पौडेलले अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रालय विभाजन गरेको विषयमा एमालेभित्र कुनै बिवाद छैन । मलाई थाहा छैन ।’
उहाँले सरकारले अब तिव्रताका साथ काम गर्ने बताउनुभयो । ‘सरकारले पुनःनिर्माणलगायतका विकासका काम अगाडि बढाउँदौँ’, अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘सरकारले आन्तरिक तयारी गरिरहेको छ ।’












प्रतिक्रिया