१३ कार्तिक २०८३, शुक्रबार

प्रमुख विपक्षी दलका नेतासँग चिनियाँ राजदूतले किन भेटे ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12415429_10153814385497329_1783225278_oकाठमाडौं, १० पुस । भारतले नेपालविरुद्ध अघोषित नाकाबन्दी लगाइरहेका बेला नेपालका लागि चिनियाँ कार्यबाहक राजदूतले प्रमुख विपक्षी दलका नेता तथा सभापति सुशील कोइरालासँग परामर्श गरेका छन् ।

कांग्रेस सभापति कोइरालाको निवास महाराजगञ्जमा आज भएको भेटवार्तामा दुई मुलुकको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श भएको स्रोतले जनाएको छ ।

भेटवार्तामा चिनियाँ कार्यबाहक राजदूतले आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता र गतिरोध अन्त्यका विषयमा भएका प्रयासहरूका बारेमा पनि चासो राखेका थिए ।

नेपाल सरकारका उपप्रधानमन्त्रीसहितको टोली चीन भ्रमणमा रहेका बेला नेपालका लागि चिनियाँ कार्यबाहक राजदूतले प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग परामर्श गरेका हुन् ।