
– सन्तोष कुमार
सिरहा, १० पुस । पूूर्वका जिल्लाहरुमा प्रहरीले चलाएको गाँजा खेती फडानी अभियान अन्तरगत यो सातामै धनकुटा, खोटाङ, सुनसरी र सिरहा जिल्लामा करौडोको गाँजा खेती नष्ट गरिएको छ ।
अवैध गाँजा खेती फडानी गर्ने अभियान अन्तरगत विहिवार सुनसरी र सिरहा जिल्लाका बिभिन्न गाविसहरुमा लगाइएको एक हजार बढी गाँजा बोट प्रहरीले फडानी गरियो । फडानी पश्चात स्थानीय बुद्धिजिवि, राजनीतिक दलका प्रनितिध र पत्रकारहरुको उपस्थितिमा आगो लगाएर नष्ट पारिएको प्रहरीले जनाएको छ ।
सिरहा जिल्लाको दुर्गापुर गाविस वडा नम्बर ४ स्थित बिभिन्न ब्यक्तिहरुको खेत तथा बारीमा लगाईएको अन्दाजी ८ सय गाँजाका बोट इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले फडानी गरिएको थियो ।
त्यस्तै सुनसरी जिल्लाको बसन्तपुर, छिटाहा, श्रीपुर, गौतमपुर, हरिनगरा, राजगंज सिनुवारी, मध्य हर्षाही, भोक्राहा गाविसमा रहेको अन्दाजी ६ सय बढी गाँजाका बोट पनि सोही दिन स्थानीय प्रहरीले नष्ट पारेका छन् ।














प्रतिक्रिया