२३ कार्तिक २०८३, सोमबार

कांग्रेसलाई यसरी भो एउटा सांसद फाइदा, कलामको कारबाही फुकुवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Athar Kalam Musalmanकाठमाडौं, १० पुस । नेपाली कांग्रेसले कपिलवस्तु जिल्लाका आफ्ना विद्रोही नेता तथा स्वतन्त्र सांसद अतहर कलाम मुलमानको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । मुसलमानका प्रस्तावक हलिम मुसलमानको कारबाही पनि फुकुवा भएको छ ।

कांग्रेस पदाधिकारीको हालै महाराजगञ्जमा बसेको बैठकले सांसद मुसलमानको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

‘दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर कपिलवस्त २ बाट निर्वाचित सांसद अतहर कलाम मुसलमानको कारबाही फुकुवा गर्ने निर्णय भएको छ’, कांग्रेस उच्च स्रोतले भन्यो, ‘अब अतहर कलाम मुसलमान र उहाँको प्रस्तावक हलिम मुसलमानको क्रियाशील सदस्यता नवीकरण हुन्छ ।’

स्रोतका अनुसार १/२ दिनमा कांग्रेस केन्द्रीय कार्यालयले कारबाही फुकुवासम्बन्धी पत्र सांसद मुसलमानलाई दिनेछ । सो पत्र लिएर जिल्ला कार्यसमिति कपिलवस्तुमा बुझाउने तयारी सांसद मुसलमानले गर्नुभएको बुझिएको छ ।

यस विषयमा सोधिएको जिज्ञासामा सांसद मुसलमानले भन्नुभयो, ‘मेरो र मेरो समर्थकलाई कांग्रेसले गरेको कारबाही फुकुवा गर्ने निर्णय गरेको सुनेको छु । अझै पत्र पाइसकेको छैन । अब म कांग्रेसमा फेरि सक्रिय हुनेछु ।’

कपिलवस्तु क्षेत्र नम्बर २ बाट दोस्रो संविधानसभा निर्वाचनमा मुसलमानले ५ हजार बढी मत लिएर जित हासिल गर्नुभएको थियो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका सहसराम यादव हुनुहुन्थ्यो ।

कपिलवस्तु– २ मा कांग्रेसका उम्मेदवार राजेश आचार्य नवौँ स्थानमा रहनुभएको थियो ।