१३ कार्तिक २०८३, शुक्रबार

अनेरास्वियुमा नेपाल पक्षधर गौतम अध्यक्षका उम्मेदवार, ओली पक्षका लामा र महरबीच विवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ain-Mahar-Nabina-Lama-Deepak-Gautamकाठमाडौं, १० पुस । आगामी माघ २७ गतेदेखि काठमाडौमा हुने नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन मिति नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि अध्यक्षमा तीन जना प्रत्यासी चुनावी दौडमा होमिएका छन् ।

अखिलको २२ औ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व लिन उपाध्यक्षद्धय दिपक गौतम, ऐन महर र महासचिव नविना लामा अध्यक्षको दौडमा लागेका हुन् । अध्यक्षका प्रत्यासीहरु एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट दुई गुटमा विभाजित छन् ।

नेपाल पक्षबाट वर्तमान उपाध्यक्ष दिपक गौतमले अध्यक्षको टिकट पाउने सम्भावना बोलियो रहेको देखिन्छ । नेपाल पक्षबाट अध्यक्षका लागि दाबेदार मानिएका अर्का उपाध्यक्ष थोमस वास्तोला डिभी परेर अमेरिका उडेपछि गौतमले टिकट पाउने निश्चित भएको हो ।

यता ओली पक्षबाट उपाध्यक्षद्धय महर र लामाले दावी गरिरहेका छन् । महर र लामामध्ये एक अध्यक्षको उम्मेदवार बन्ने भएपनि को हुने निश्चित छैन् । जसका कारण पनि नेपाल पक्षका गौतम निर्विकल्प अध्यक्ष उम्मेदवार भएका छन् ।

आफू अध्यक्षको उम्मेदवार हुने पक्का भएपछि गौतम चुनावी प्रचार प्रसारका लागि देश दौडाहा निस्किएका छन् । उनलाई नेपाल पक्षका नेताहरू योगेश भट्टराई, ठाकुर गैरे, रामकुमारी झाक्रीले ‘ब्याक सपोर्ट’ गरिरहेका छन् ।

ओली पक्षबाट अध्यक्षका प्रत्यासी लामा र महर एक अर्कालाई पन्छाउनमै लागिरहेका छन् । दुबै जना अध्यक्ष पदमा लड्न अगाडि बढिसकेकाले पछाडी नफर्किने बताइरहेका छन् ।