२३ कार्तिक २०८३, सोमबार

देशलाई बन्धक बनाउने ‘देशद्रोही’लाई अब युवा संघले खोजीखोजी कारवाही गर्छः पहारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib-Pahari

डोल्पा, १० पुस । नेकपा एमालेका भातृ संगन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीले देशको स्वाधिनता र स्वतन्त्रताको लागि आजीवन लड्न तयार रहेको बताएका छन् ।

राष्ट्रवादी आन्दोलनलाई नयाँ उचाई दिँदै डोल्पाको सदरमुकाम दुनै पुगेका पहारीले एमालेका विभिन्न सात जनवर्गीय संगठनको संयुक्त सम्मेलनलाई उद्घाटन गर्दै सो कुरा बताएका हुन् । आफ्नो निहित स्वार्थपूर्तिका लागि देशलाई बन्धक बनाउने र देशको अस्मितामाथि खेलवाड गर्नेहरुलाई आजीवन जेल हाल्नुपर्ने भन्दै उनले देशद्रोहीहरुलाई अब युवा संघले खोजीखोजी राज्यको जिम्मा लगाउने बताए ।

युवाहरु विनावर्दीका सिपाही हुन् हिँजो पूर्खाले रक्षा गरेको स्वतन्त्रता र सार्वाेभौमिकताको रक्षाको लागि युवा संघ देश दौडामा निस्कदा केही बिखण्डनवादीहरुले आफ्नो अस्तित्व धरापमा पार्न खोजेको देखेर युवा संघलाई कार्वाही गर्ने धम्की दिनु कायर र पराजित मानसिकताको उपज भएको पहारीले भनेका छन् ।

देश र जनतालाई भड्खालोमा हाल्न खोज्न् जो कोहीलाई पनि कार्वाही गर्नुपर्ने आफ्नो अभिव्यक्तिलाई केही दलका नेताले अतिरञ्जित गर्दै युवा संघलाई मुख बन्द गर भन्नु हाँस्यास्पद भएको बताए ।

पहारीले हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने मान्यतालाई थप मजबुत बनाउन युवा संघ देश दौडाहामा निस्कदा केही राष्ट्रिय तत्वहरु र देशलाई सिक्किमीकरण गर्न चाहनेहरु तर्सिएको बताए । कालाबजारी र धोखाधडीहरु इमान्दार युवाहरुलाई सैह्य नहुने साथै त्यस्ता अविवेकी कुतत्वहरुलाई ठेगान लगाउन राज्यले जिम्मा दिएमा युवा संघ पछि नपर्ने बताए ।

युवा संघले भारतको नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गर्दा र जनताको हितको वकालत गर्दा केही कथित साम्प्रदायिकताको नारा दिनेहरु आफै तर्सनु उनीहरुको कायर मानसिकता बाहेक अरु केही होइन । शान्ति पूर्ण र भद्र आन्दोलन तथा बार्ताबाट आफ्नो माग पूरा गराउन लाग्नुको सट्टा भारतको अघोषित साथ र समर्थन खोज्दै साम्प्रदायिक सद्भाव भड्काउने कार्य राष्ट्रिप्रेमी युवाहरुलाई सह्य नहुने, यसो गरिए संघ हातमा दही जमाएर नबस्ने उनको कथन थियो ।

आफूहरु कानुन हातमा लिएर होइन कानून लाई साथमा लिएर आम जनताको हितका खातिर सरकारलाई सहजीकरण गर्न तयार रहको पहारीले बताए ।