१३ कार्तिक २०८३, शुक्रबार

नेपालगञ्ज-रुपैडिया नाका अवरुद्ध, मोर्चाका चार कार्यकर्ता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepaljungनेपालगञ्ज, १० पुस । नेपाल–भारतको नेपालगञ्ज–रुपैडिया नाका शुक्रबार विहानैदेखि अवरुद्ध भएको छ ।

दुई महिने भारतीय नाकाबन्दीका बीच पछिल्लो दस दिनदेखि निर्वाध चलिरहेको रुपैडिया नाकामा आन्दोलनरत मधेसी मोर्चाका कार्यकताले अवरोध गरेपछि आज विहानैदेखि ठूला सवारी साधन नेपाल प्रवेश गर्न नसकेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जका प्रहरी निरीक्षक दीपेन्द्र पालले नाकामा अवरोध गर्न खोज्ने मधेसी मोर्चाका ४ कार्यकर्तालाई पक्राउ गरेको बताए । पक्राउपछि मोर्चाका थप कार्यकर्ताहरु अहिले दशगजामा धर्ना दिइरहेका छन् ।