२३ कार्तिक २०८३, सोमबार

जनभावना विपरीत ल्याइएको संघीयताले देश र जनतालाई दुःख दियोः उपप्रधानमन्त्री केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chitra-Bdr-Kcपाल्पा, १० पुस । उपप्रधानमन्त्री तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सङ्घीयताकै कारण मुलुकमा राजनीतिक अस्थिरता र जटिल परिस्थिति सिर्जना भएको बताउनुभएको छ ।

पाल्पाको तानसेनमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले २०६२/६३ को जनआन्दोलनको जनभावना विपरीत एकाएक राष्ट्रले थेग्नै नसक्ने गरी सङ्घीयतामा जाने र प्रदेशको विभाजन गर्नु नै गलत भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो- एकाएक लादिएको संघीयताले आज देश र जनताले निकै दुःख भोगिरहेको छ । यो गलत छ ।

मुलुक पहिलेदेखि नै परनिर्भर हुने भएकाले अहिले जटिल समस्या उत्पन्न भएको जनाउँदै आत्मनिर्भर र स्वाभिमानी बन्न नसक्दा भारतले गरेको नाकाबन्दीले देशमा ठूलो प्रभाव परेको मन्त्री केसीको भनाइ थियो ।

भारतले अघोषित रुपमा नाकाबन्दी गरेका कारण चीनसँग व्यापारिक सम्बन्ध जोडेर अत्यावश्यक वस्तु आयात गर्नतर्फ सरकार लागेको उहाँले बताउनुभयो । रासस