काठमाडौं, १० पुस । बिहीबार सिंहदरबारस्थित मन्त्रिरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरू हुनै लाग्दा गृहमन्त्री शक्ति बस्नेत नीलो गाडीमा आए ।
गाडीमा त आए तर बस्नेत चढेको गाडीको नम्बर प्लेट नदेखिने गरी छोपिएको रहेछ ।
मुलुकलाई कानुनी शासनमा राख्न निर्देशन दिने मन्त्रीकै गाडीको नम्बर प्लेट सर्वसाधारणले नदेख्ने गरी छोपिएको देख्दा सिंहदरबारमा रिर्पोटिङ गर्न पुगेका पत्रकारहरू आश्चर्य चकित परेका थिए ।
गृहमन्त्री बस्नेत चढ्ने नीलो गाडीको अगाडिको नम्बर प्लेटलाई ढपक्कै छोप्ने गरी गार्ड (बम्पर) राखिएको छ । सो नम्बर प्लेट हेर्दा देखिदैन । यस विषयमा गृहमन्त्रीका सहयोगीसँग सोधपुछ गर्दा जवाफ दिन मानेनन् ।
गृहमन्त्रीको गाडीको यो अवस्था देख्दा सर्वसाधारणले के गर्लान् भनेर सबैले आश्चर्य मानेका थिए ।
सवारी ऐनमा कुनै पनि सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिने गरी राख्नु पर्ने हुन्छ । अन्यथा जरिवाना तिर्नुपर्छ । अब भन्नुस् गृहमन्त्री बस्नेतलाई के गर्ने ?












प्रतिक्रिया