२३ कार्तिक २०८३, सोमबार

भारतीय सुरक्षाकर्मीले गोली हान्दा नेपाली नागरिक गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gun Goliबर्दिया, ९ पुस । भारतको मूर्तिया जंगलमा भारतीय वन रक्षक (सुरक्षाकर्मी)ले गोली प्रहार गरेर एक जना नेपालीलाई गम्भीर घाइते बनाएको छ ।

गुलरिया नगरपालिका–१२ टेपरी बस्ने मानबहादुर डाँगीका २१ वर्षीय छोरा शेरबहादुरलाई बिहीबार भारतको मूर्तिया जङ्गलमा दाउरा लिन गएको अवस्थामा भारतीय वन रक्षकले गोली प्रहार गर्दा घाइते भएको बर्दिया प्रहरीले जनाएको छ ।

डाँगीको टाउको पछाडिपट्टि दुई वटा छर्रा लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घाइतेको उपचार नेपालगञ्ज मेडिकल कलेज भइरहेको बताइएको छ ।