काठमाडौं, १० पुस । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले मुलुकको आवश्यक्ताअनुसार मन्त्रालय विभाजन हुने र मन्त्रीहरू पनि बन्न सक्ने बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नवनियुक्त मन्त्री सिंहले भन्नुभयो, ‘सरकारले आवश्यक्ताअनुसार मन्त्रालय विभाजन गर्न सक्छ । मन्त्री पनि बनाउन सक्छ । यसलाई अन्यथा लिन मिल्दैन ।’
उहाँले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले बल्लपूर्णता पाएको भन्दै अब मन्त्रिपरिषदले काम गर्ने बताउनुभयो ।
साना दलका तर्फबाट धेरै मन्त्री भए नी भन्ने जिज्ञासामा मन्त्री सिंहले भन्नुभयो, ‘सुशील कोइरालाको पालामा सडकबाट आएका र हारेकालाई मन्त्री बनाइएको थियो । यसपटक हामी जनताबाट प्रतिनिधित्व गरेर आएका व्यक्ति मन्त्री बनेका छौँ । हामी हारेका मान्छे होइनौँ । हामी जनताका मान्छे हौँ ।’
मन्त्री सिंहले भूकम्पपीडितलाई सरकारले अब सहयोग गर्ने बताउनुभयो । उहाँले सबै पीडितलाई आवश्यक सहयोग गर्ने उल्लेख गर्नुभयो ।












प्रतिक्रिया