२३ कार्तिक २०८३, सोमबार

हुम्लाको पिक्लाङमा आगलागी, चार जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Humlaजुम्ला, ९ पुस । हुम्ला जिल्लाको श्रीमस्टा गाविस वडा नं १ पिक्लाङ भन्ने ठाउँमा आगलागी हुँदा चार कामदारको मृत्यु भएको छ ।

ग्रामीण पहुँच कार्यक्रम (तेस्रो) अन्तर्गत बर्मादेखि सर्केसल्ला सडक खण्डमा काम गर्दै आइरहेका कामदारले बर्मे भीडमा झुप्रो हालेर बस्दै आएको र सोही झुप्रोमा बुधबार राति ८ बजेतिर आगो लाग्दा चार कामदारको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालिकोट लालु गाविस–८ का ३५ वर्षीय जया मिजार, वर्ष २६ का मानबहादुर विक, वर्ष ४० का नयाँ सुनार र सोही गाविस–९ का २८ वर्षीय गगन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक यादवका अनुसार मृतक चारै जनालाई हेलिकप्टरद्वारा नेपाली सेनाले कालिकोट लगेर परिवारलाई बुझाएको छ ।

घाइते हुने जसबहादुर सुनार, गोविन्द सुनार, लोकबहादुर सुनार, हर्कबहादुर सुनार, रमेश सार्की र लोकबहादुर सुनार रहेका छन् । उनीहरुलाई आजै हेलिकप्टरद्वारा उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

आगलागी भएको खबर पाउनेबित्तिकै प्रहरी घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको थियो । घटना के कारणले भएको भन्ने थाहा नभएको र त्यसको अनुसन्धान थालिएको जनाइएको छ । घटनास्थल हुम्ला सदरमुकाबाट ४५ कोष पूर्वी दक्षिणी भेकमा पर्दछ । रासस