१३ कार्तिक २०८३, शुक्रबार

चौथो पटक मन्त्रिमण्डल विस्तार, चार मन्त्री थपिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Cabinet-bistarकाठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले साना दलहरुलाई समेटेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

विहीबार साँझ नयाँ चार मन्त्रीहरुले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । यसरी मन्त्री पदको सपथ लिनेमा राप्रपाबाट दीपक बोहोरा, नेपाल परिवार दलबाट एकनाथ ढकाल, जनमुक्ति पार्टी लोकतान्त्रिकबाट शिवलाल थापा र समाजवादी जनता पार्टीबाट प्रेम बहादुर सिंह रहेका छन् ।

बोहोराले श्रम तथा रोजगार, थापाले विज्ञान तथा प्रविधि र सिंहले सरसफाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । ढकालको भने मन्त्रालय टुंगो लाग्न बाँकी छ । यससँगै मन्त्रिपरिषद ३४ सदस्यीय भएको छ ।

दुई नयाँ मन्त्रालय

सरकारमा चार नयाँ दल सहभागी हुने भएपछि मन्त्रालय टुक्रयाइएको छ ।

स्वास्थ्य मन्त्री रामजनम चौधरीका अनुसार अनुसार स्वास्थ्य तथा जनसंख्याबाट जनसंख्या झिकिएको छ भने विज्ञान, प्रविधि तथा वातावरणबाट वातावरण झिकेर नयाँ मन्त्रालय जनसंख्या तथा वातावरण बनाइएको छ ।

सहरी विकास मन्त्रालयलाई फुटाएर सरसफाई तथा खानेपानी मन्त्रालय बनाइएको छ ।