
– विमल योगी
काठमाडौं, ९ पुस । सरकारले ठूला मन्त्रालय विभाजन गर्ने सैद्धान्तिक सहमति गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले साना दलबाट सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुका लागि मन्त्रालय अपुग भएकाले ठूला मन्त्रालय विभाजन गर्ने सैद्धान्तिक सहमति गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो- ‘अब विस्तार हुने मन्त्रिमण्डलका लागि आवश्यक मन्त्रालय विभाजन गर्ने सैद्धान्तिक सहमति बैठकमा भएको छ ।’
स्रोतका अनुसार सरकारले सञ्चार, संघीय मामिला तथा स्थानीय विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभाजन गर्ने तयारी सरकारले गरेको छ । यद्यपी यसमा सहमति हुन बाँकी छ । प्रवक्ता राईले कुन कुन मन्त्रालय विभाजन गर्ने भन्ने बारेमा मन्त्रिपरिषदको अर्काे बैठकले टुंगो लगाउने बताउनुभयो ।
यसैगरी सरकारले युरोपियन युनियनको २ अर्ब ५६ करोड रुपैयाँ अनुदान स्वीकार गरेको छ । देशभरीका महिला विकास कार्यालयका अधिकृतलाई बाल अधिकृत तोक्ने निर्णय पनि आजको मन्त्रिपरिषद बैठकले गरेको छ ।












प्रतिक्रिया