३० आश्विन २०८३, शुक्रबार

रुस पुगेर मोदीले गरे भारतीय राष्ट्रगानको अपमान, भारतमा चर्काे विरोध (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi

काठमाडौं, ९ पुस । हाल रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै देशको राष्ट्रगानको अपमान गरेका छन् ।

एक रूसी अधिकारीले मोदीलाई त्यो समय अगाडि बढ्नबाट रोके जब उनी आफूलाई दिइएको ‘गार्ड अफ अनर’कै आधारमा अगाडि बढिरहेका थिए, जबकि त्यो बेला भारतीय राष्ट्रगानको धुन बजिरहेको थियो ।

प्रधानमन्त्री मोदी मस्कोमा पुगेपछि विमास्थलमा रुसी सेनाले ‘गार्ड अफ अनर’ लिएको थियो । उक्त समयमा भारतको राष्ट्रगान ‘जनगणमन’ बज्यो । तर, प्रधानमन्त्री मोदी हिड्न लागे । यो देखेपछि रुसी अफिसरले मोदीलाई रोके र अधिकारीले हात समातेर नै ताने । त्यसपछि मोदी सावधान मुद्रामा उभिए ।

सामान्यतया राष्ट्रगान बज्दा सावधान मुद्रामा उभिनुपर्ने चलन रहिआएको छ । यो घटनाले मोदीलाई कुटनीतिक आचरणमा अनभिज्ञ राष्ट्रप्रमुखका रुपमा टिप्पणी गरिएको छ । भारतमा उनको कडा अलोचना तथा विरोध भएको छ । विशेषगरी प्रतिपक्षी दल भारतीय कांग्रेसका नेताहरुले जमेरै मोदीको आलोचना गरेका छन् ।

मोदी रूसका राष्ट्रपति भ्लादिमीर पुटिनसँग सालाना शिखर वार्ताका लागि दुई दिने भ्रमणका सिलसिलामा मस्को पुगेका हुन् । (एजेन्सीको सहयोगमा)

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्ः