काठमाडौं, ९ पुस । प्रमुख सत्तारुढ दलहरूले पछिल्लो एकसाता यता आन्दोलनरत समूहसँग वार्ता गरिरहेका छैनन् । उनीहरू पार्टीका आन्तरिक कार्यमा व्यस्त हुँदा राजनीतिक सम्वाद र परामर्शहरूले तीव्रता नपाएका हुन् ।
विशेष गरेर एमाले र एमाओवादीले आन्दोलनरत समूह संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता गरेको छैन ।
यस विषयमा मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका महासचिव मनीष समुनले सरकारले आफूहरूलाई पछिल्लो समय वार्तामा नबोलाएको बताउनुभयो । ‘सरकारले जसरी वार्ता र सम्वादलाई ध्यान दिनुपर्ने हो त्यो गरेको पाइएन’, उहाँले भन्नुभयो ।
मधेसी मोर्चाले आफूले उठाएका माग पूरा नहुँदासम्म सडक र सदन दुबै नछाड्ने जनाएको छ । ‘मधेसी मोर्चाले सडकमा पनि आन्दोलन गर्छ । सदनमा पनि अबरोध गर्छ’, महासचिव सुमनले भन्नुभयो, ‘अब वारकि पारको लडाइँ सुरू भइसकेको छ ।’
यता एमाओवादी र एमालेका नेताहरूले वार्ता गर्ने बताए पनि त्यस विषयमा ठोस जानकारी दिन मानेन् । सत्तारुढ दलहरूले मधेसी मोर्चाको आन्दोलन सिथिल हुँदै गएकोले वार्ताको आवश्यक्ता नठानेको आरोप पनि छ । यो आन्दोलनलाई यत्तिक तुहाउन सरकार लागेको मधेसी मोर्चाले आरोप लगाएको छ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने संसदमा दर्ता भएको संशोधन विषयकमा सहमति जुटाउन मधेसी मोर्चासँग परामर्श गर्दै आएको जनाएको छ ।
यसरी प्रमुख सत्तारुढ दलहरू आन्दोलनरत पक्षसँग वार्ता नगर्ने हो भने त्यसले मुलुकलाई झन समस्या बनाउने विश्लेषकहरूको भनाइ छ ।












प्रतिक्रिया