३० आश्विन २०८३, शुक्रबार

चीनको पहिरोमा पुरिएका दुई जना ६० घण्टापछि जीवितै उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CHINA-SHENZHEN-LANDSLIDE-SURVIVOR (CN)

बेइजिङ (चीन), ८ पुस । चीनको सेनझेन सहरमा पहिरोमा परी हराएका ७६ जनामध्ये थप दुई जना जीवितै भेटिएका छन् ।

उनीहरुमध्ये तियान जमिन, १९ लाई सकुशल उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

तियानले आफू नजिकै अर्को एक जना पनि जीवितै रहेको बताएपछि उद्धार टोलीले तियानका साथीलाई जीवितै भेटेको पछि उनलाई पनि उद्धार गरिएको छ ।

चीनको गुवाङडोङ प्रान्तको सेनझेन सहर नजिकैको औद्योगिक क्षेत्रमा आइतबार गएको उक्त पहिरोमा करीब तीन दर्जन घर पुरिएका थिए ।

यसबीच, उद्धार कार्यमा ढिलाई भएको भन्दै पहिरोमा हराएका नागरिकका आफन्तले चिन्ता व्यक्त गर्दै सरकारलाई उद्धार कार्य तदारुकताका साथ अघि बढाउन आग्रह गरेका छन् । रासस/पीटीआई