१३ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीलाई मधेसी मोर्चाको चेतावनी- युवा संघको ‘थुतुनो’ बन्द गर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-youthकाठमाडौं, ८ पुस । आन्दोलनरत मधेसी मोर्चाका भातृ संगठनहरुले युवा संघका अध्यक्ष राजीव पहारीको अभिव्यक्तिमा आपत्ति जनाएको छ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पहारीले मधेसी मोर्चा चार शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्रराय यादवलाई आजिवन जेल हाल्नुपर्ने बताएका थिए ।

उक्त अभिव्यक्तिको विरोधमा मोर्चाका चार भातृ संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै युवा संघलाई नराखे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी सरकारलाई दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ- पत्रकार सम्मेलनमा युवा संघ नेपालका अध्यक्षले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले उठाएको माग नजायज हो र नेपाललाई न्यूनीकरण, सिक्मिरण गर्न खोजिएको हो भनेर त्यस नेताहरुलाई कार्वाही गर्नुपर्छ भनि गैरजिम्मेवार अभिव्यक्ती दिएकोप्रति हामी घोर भत्सर्ना गर्न चाहन्छौं । मधेशी, थारु, मुस्लीम, आदिवासी जनजातीको संविधानमा अधिकार सुनिश्चित हुनुपर्ने मागलाई युवा संघले कतैवाट परिचालित भएर आन्दोलनलाई कमजोर पार्नका निम्ती दिएको अभिव्यक्ती राष्ट्र विरोधी अभिव्यक्ती भएको हाम्रो आरोप छ । यस्ता गैर जिम्मेवार र राष्ट्रद्रोही अभिव्यक्ति दिने व्यक्ती नेपाली राजनितीको खराव अंश हो भन्ने हाम्रो बुझाई हो । यस्ता आचरणवाट हुनसक्ने क्षतिको जिम्मेवार सम्बन्धीत संस्था नेपाल सरकारले लिनु पर्नेछ ।’
मोर्चाका भातृ संगठनहरुले पहारीको अभिव्यक्ति राष्ट्रविरोधी भएको आरोप लगाएको छ ।

चेतावनी दिँदै मोर्चाले भनेको छ- ‘यस्तो संवेदनशिल विषयमा युवा संघ नेपालको मधेश विरोधी अभिव्यक्ती आउनाले देशमा सम्प्रकदायिक्ता भडकाउन सक्ने हाम्रो ठम्याई छ । यस्ता गतिविधी तत्काल रोक्न आग्रह गर्दछु, अन्यथा यसवाट हुन सक्ने क्षतिपूर्तीको जिम्मेवार स्वंय सरकारले लिनुपर्छ भन्ने अवगत पनि गराउन चाहन्छौं ।’