१३ कार्तिक २०८३, शुक्रबार

अफ्रिकी सर्वोच्च शिखर किलिमन्जारोमा नेपाल प्रहरीको झन्डा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjay

काठमाडौँ, ८ पुस । कीर्तिमानी पर्वतारोही एवम् अल्ट्रा धावक सञ्जय पण्डितले उल्टो चालमा अफ्रिकी महादेशको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गरी नेपाल प्रहरीको झन्डा फहराउनु भएको छ ।

पण्डितले २५ घन्टा ४० मिनेटमा अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गरी सोमबार पहिलो पटक नेपाल प्रहरीको झन्डा फहराउनु भएको प्रहरी प्रधान कार्यालयको समाचार बुलेटिनमा उल्लेख छ ।

पण्डितले उक्त हिमाल उल्टो चालमा आरोहण गरिसकेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत आफ्नो नाम उल्लेख हुने बताउनुभएको छ ।

कीर्तिमानी पर्वतारोही पण्डितले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पका बेला नेपाल प्रहरीले उत्कृष्ट सेवा गरेको भनी कदरस्वरुप किलिमन्जारोमा फहराउन प्रहरीको झन्डा लिएर जानुभएको थियो ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गत मङ्सिर २५ गते प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच पण्डितलाई नेपाल प्रहरीको झन्डा हस्तान्तरण गर्नुभएको थियो ।

संसारका सातमध्ये छवटा महादेशका सर्वोच्च शिखर सकुशल आरोहण गरिसकेका पर्वतारोही पण्डितको आगामी वर्ष अन्टार्टिकाको माउण्ट भिन्सन म्यासिफ आरोहण गर्ने योजना छ । रासस