३० आश्विन २०८३, शुक्रबार

बालिका बलात्कार गर्ने उच्च प्रहरी अधिकारीलाई १०० वर्षको जेल सजाय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape-balatkar-sex-tensionnक्वालालम्पुर, ८ पुस । तेह्र वर्षकी एक बालिकालाई बलात्कार गर्ने मलेसियाली एकजना प्रहरी अधिकारीलाई मलेसियामा कम्तीमा पनि एक सय वर्षको जेल सजाय दिइएको समाचार छ ।

मलेसियाका ती प्रहरी उच्च प्रहरी अधिकारीलाई सय वर्षको जेल सजाय र १५ कोर्राको सजाय बुधबार सुनाइएको समाचारमा जनाइएको छ ।

मलेसियाको प्रहरीका डेपुटी सुपरीटेन्डेन्ट राहाइजात अब्दुल अनिमाथि एक स्थानीय होटलमा कामगर्ने १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो ।

उनले ती बालिकालाई चार पटकसम्म बलात्कार गरेको आरोप सन् २०१२ मा लागेको थियो । तीन वर्ष लामो अनुुसन्धानबाट उनले सो बलात्कार गरेको ठहर गरेको हो ।

मलाया मेल अनलाइनमा उनलाई दोषी ठहर गरी १०० वर्षको जेल सजायका साथै १५ कोर्रा हान्ने कारबाही सुनाइएको बुधबार जनाइएको छ ।

उक्त अनलाइनमा सरकारी अधिवक्ता अजिजी नर्दिनलाई उद्धृत गर्दै सो समाचार दिइएको छ । उनले भनेका छन्– ती प्रहरी अधिकारी नागरिकको रक्षक हुनुपर्नेमा यस्तो अपराधमा सम्लग्न भएकोले यो कारबाहीको माग गरिएको उल्लेख गरिएको छ ।

मलेसियाको सबाह राज्यको अदालतले सो सजाय सुनाएको हो । उक्त अदालतले अपराध गर्ने व्यक्तिले ती बालिकाको उमेरका साथै कुनै पनि सम्वेदनशिलताको बेवास्ता गरेकोले यस्तो सजाय दिनुपरेको बताएको छ ।

विभिन्न प्राविधि विषयहरुका लागि उनको जेल समय घटाएर उनले आगामी कम्तीमा पनि ८० वर्ष जेल सजाय भोग्नुपर्नेछ ।

उनी ५४ वर्षका हुन् । यस आरोप लागेपछि नै उनी निलम्बन भइसकेका छन् । यस सजाय सुनाउने समयमा पनि उनी अदालतमा नै थिए ।

उनको साथमा उनकी श्रीमती पनि रहेकी थिइन् । तर त्यस फैसलापछि पनि उनले खासै कुनै प्रतिक्रिया दिएका थिएनन् ।

उनका वकिलले भने ती प्रहरी अधिकारीले यस फैसलाकाल विरुद्धमा माथिल्लो अदालतमा अपील गर्ने जनाएका छन् । रासस/एएफपी