१३ कार्तिक २०८३, शुक्रबार

भट्टराईलाई राष्ट्रिय नेताको रुपमा सम्मान गर्नुपर्छ : प्रधानमन्त्री ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pm-oli

काठमाडौं, ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्णप्रसाद भट्टराईलाई दलको नेता भन्दामाथि राखेर हेर्नुपर्ने बताउनुभएको छ ।

ललितपुरको बाँडेगाँउस्थित भट्टराई आश्रममा पूर्व प्रधानमन्त्री भट्टराईको पूर्णकदको सालिक अनावरण गर्दै प्रधानमन्त्री ओलीले समाज परिवर्तनका लागि उहाँ कुनै दलमा आबद्ध भएपनि उहाँका योगदान देश र जनताका लागि भएकोले उहाँलाई राष्ट्रिय नेताका रुपमा सम्मान गर्नुपर्ने बताउनुभयो ।

‘कृष्णप्रसाद भट्टराई समाज रुपान्तरणको नेता हो’ प्रधानमन्त्रीले भन्नुभयो ‘उहाँ परिवर्तनको साक्षी किनारामा मात्र हैन सधैं अग्र भागमा रहनुभयो ।’ नख्खु जेलमा हुँदा भट्टराईसँग आफ्नो भेट भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले परिणाम जे जस्तो आएपनि सधैं सत्य बोल्ने नेताको रुपमाआफूले भट्टराईलाई चिनेकोे बताउनुभयो ।

‘राजनीतिक परिवर्तन गरेर जनतालाई सार्वभौम बनाउन उहाँले चालेका कदम र विचार सधैं असाधरण नै रहे’ प्रधानमन्त्रीले भन्नुभयो ‘नेपाली समाजलाई परिवर्तनका मुद्दामा सहमत गराउन उहाँको योगदान सदैव स्मरणीय रह्यो ।’

कृष्णप्रसाद भट्टराईका आफ्नै खाले मान्यता रहेको स्मरण गर्दै ओलीले भन्नुभयो– ‘ढाट्न भन्दा सत्य बोलेर जेल जान तयार हुने नेता र सेन्स अफहयुमर भएको नेताको रुपमा उहाँ हुनुहुन्थ्यो ।’

भट्टराईका केही स्वभावले आफूलाई पनि प्रभावित गरेको प्रधानमन्त्रीले बताउनुभयो । ‘उँहा जीवनलाई सधैं हाँसीखुसी राख्नुहुन्थ्यो । जस्तै दुःखमा पनि उहाँ दुःखी भएर बस्नु भएन’ प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यो स्वभाव म मा पनि छ । म जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि दःुख मनाउ गरेर बस्दिन ।’

भट्टराईको ९१ औं जन्मजयन्तीका अवसरमा कृष्णप्रसाद भट्टराईको सालिक निर्माणको कार्यको प्रशंसा गर्दै प्रधानमन्त्रीले आश्रमलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्रीले आश्रमको अवलोकन पनि गर्नुभयो ।