काठमाडौं, ८ पुस । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मधेस केन्द्रित दलहरुलाई तत्काल आन्दोलन स्थगन गरेर नमिलेको विषय टुङ्ग्याउन वार्तामा बस्न पुनः आग्रह गर्नुभएको छ ।
मधेस केन्द्रित दलले सरकारसमक्ष प्रस्तुत गरेका ११ बुँदे मागलाई सम्बोधन गर्दै सरकारले पेस गरेको प्रस्ताव प्रमुख प्रतिपक्ष दलसहित सबैको सहमतिमा साझा धारणाका रुपमा रहेकाले देश र जनताप्रति जिम्मेवार भएर वार्ताबाटै समस्याको निकास खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सरकारी प्रस्ताव अमूर्त, अपुरो र अस्पष्ट भन्ने मधेस केन्द्रित दलको टिप्पणीप्रति असहमति जनाउँदै उहाँले टुङ्ग्याउन बाँकी विषय पनि सरकारी अवधारणा पत्रको दायराभित्र रहेर वार्ताबाटै हल गर्नुपर्छ भन्नुभयो ।













प्रतिक्रिया