सोल, ८ पुस । दक्षिण कोरिया सरकारले त्यहाँ मिडिल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) सङ्क्रमण हालका लागि निर्मूल भएको घोषणा गरेको छ ।
सो सङ्क्रमणले दक्षिण कोरियामा मात्र कम्तीमा पनि ३६ जनाको ज्यान लिएको थियो । यस सङ्क्रमणका कारण दक्षिण एसियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक अवस्थामा पनि हानी पु¥याएको थियो ।
दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले अब यस सङ् क्रमणको डर नरहेको र हालका लागि यसका सबै सम्भावनाहरुको अन्त्य भएको जानकारी दिएको हो ।
यो सङ्क्रमणको अन्तिम बिरामीको गत मे महिनामा पहिचान भएको र त्यसयता यसको कुनै पनि सङ्क्रमित नदेखिएकोले अब यसको सम्भावना नरहेको सो मन्त्रालयले जनाएको छ ।
दक्षिण कोरियामा सात महिनायता कुनै पनि सङ्क्रमित नभेटिएकोले यसको सम्भावना नरहेको सो मन्त्रालयले जनाएको समाचारमा जनाइएको छ ।
आठ महिनाअघि दक्षिण कोरियामा यसको सङ्क्रमणबाट १८६ जना बिरामी भएका थिए । उनीहरु उपचारपछि निको भएका छन् ।
यस रोगको सङ्क्रमणले छोएको भनिएका त्यहाँका करिब एक हजार ७०० जनालाई घरबाट बाहिर ननिस्कन भनिएको थियो ।
यसका कारण एसियाको चौथो ठूलो अर्थतन्त्रका रुपमा रहेको कोरियाको आर्थिक विकासमा पनि नकारात्मक असर परेको थियो ।
यो सङ्क्रमण सबैभन्दा पहिला सन् २०१२ मा साउदी अरेबियामा देखिएको थियो । साउदी अरेबियासहित मध्यपूर्वी देशहरुमा यसको उत्पत्ति भएकोले यसको नाम पनि यसैको नामबाट राखिएको हो ।
एकजना ३५ वर्षीय नागरिक जो पहिला क्यान्सरको बिरामी थिए र उनलाई यो मर्सको सङ्क्रमण देखिएको थियो । उनको यही नोभेम्बर २५ मा निधन भएको थियो ।
उनलाई मर्स लागेको बारेमा गत मे महिनामा थाहा भएको थियो । त्यसयता दक्षिण कोरियामा मर्सका कुनैपनि रोगी भेटिएका छैनन् ।
स्वासप्रस्वास सम्बन्धी यस रोग निकै घातक रहेकोले यसको सङ्क्रमण भएपछि नागरिकको मृत्यु हुने गरेको थियो । रासस/एएफपी
















प्रतिक्रिया