काठमाडौं, ८ पुस । दिल्लीका मुख्यमन्त्री (सीएम) अरविन्द केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा मागेका छन् ।
दिल्ली विधानसभा(संसद)को बिशेष सत्रमा बोल्दै सीएम केजरीवालले झुटको खेती गरेर मोदीले राज्यका संयन्त्रबाट विपक्षीमाथि आक्रमण गरिरहेको आरोप लगाउँदै राजीनामा मागेका हुन् ।
केजरीवालले भनेका छन्– मोदीले दिल्लीमा व्यहोरेको लज्जास्पदको पीडा अझै विर्सन सकेका छैनन् । जब जब म उनको सामू देखिन्छु तब उनको शरीरमा रगत कैयौ डिग्री तापक्रमले उम्लिन्छ । र हामीलाई परास्त गर्न सिबिआई लगाएर आक्रमण गर्छन् ।’
उक्त बैठकमा प्रधानमन्त्री मोदी पनि सहभागी रहेको बताइएको छ । मंगलबारको यो बहसमा केजरीवालले मोदीमाथि निकै आक्रामक तरिकाले हमला गरेका थिए । उनले भने– मोदीले झूटो सीबीआईको पठाए र उनले केही पाएनन् । अब राजीनामा दिनुपर्छ ।
केही दिन पहिले सिबिआईले आफ्नो सचिवालयमा छापा हानेपछि केजरीवालले मोदीलाई कायर र मनोरोगी भनेका थिए । (एजेन्सीको सहयोगमा)
















प्रतिक्रिया