२३ कार्तिक २०८३, सोमबार

संसद बैठक आज बस्दै, मधेसी मोर्चाले ठूला विधेयक अगाडि बढ्न नदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ८ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अवरोधका कारण स्थगित हुँदै आएको संसदको बैठक आज बस्ने भएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्ने बैठकमा विभिन्न विधेयक अगाडि बढाउने कार्यसूची रहेको स्रोतले जनाएको छ ।

बैठकमा संविधान संशोधनसम्बन्धी दुई वटा विधेयकमा पनि छलफल हुने कार्यक्रम रहेको बुझिएको छ ।

यद्यपि, संविधान संशोधन विधेयकमा सहमति नभइसकेकाले सो विषय संसदमा प्रवेश हुनेवित्तिकै सदन अबरोध गर्ने मधेसी मोर्चाको चेतावनी छ ।

कार्यसूची र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न संसदको बैठक अगाडि कार्यव्यवस्थापरामर्श समितिको बैठक बस्नेछ । संसद बैठक बिहान ११ बजे बस्ने कार्यक्रम छ ।