२३ कार्तिक २०८३, सोमबार

उपेन्द्रले फेरि बिवादास्पद अभिव्यक्ति दिँदै भने, ‘मधेससँग जोडिएको पहाड हामीलाई चाहिँदैन, लैजानुस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra yadavकाठमाडौं, ८ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता उपेन्द्र यादवले मोरङ जिल्लामा पर्ने पहाड आफूहरूलाई आवश्यक नरहेको बताउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष यादवले तराई मधेसमा दुई वटा संघीय प्रदेश हुनुपर्ने भन्दै ती जिल्लामा पर्ने पहाड आफूहरूलाई आवश्यक नपर्ने बताउनुभएको हो ।

‘मोरङको पहाड लैजानुस् हामीलाई चाहिएन’, उहाँले भन्नुभयो, ‘अरु जिल्लामा पर्ने पहाड नि लैजानुस् । तराईको मैदान भाग भने संघीय प्रदेशमा रहन्छ ।’

तराई मधेसको सीमाङ्कनलाई लिएर प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री भीम रावलले दिएका अभिव्यक्तिबाट अध्यक्ष यादव रिसाउनुभएको छ ।

‘प्रधानमन्त्रीले केपी ओलीले सुनसरीमा गएर एउटा वडा पनि टुक्रिँदैन भन्ने । भीम रावलले कैलाली र कञ्चनपुर विभाजन गर्न नदिने ? यस्ता कुराले मधेसीहरूले मान्दैनन् । तराई मधेसमा दुई प्रदेश हुन्छ । गराई छाड्छौँ ।’

भारतले भन्दैमा आफूहरूको आन्दोलन फिर्ता नहुने यादवको भनाइ छ । आफूहरूको आन्दोलनमा भारतीय समर्थन रहेको स्वीकार गर्नुभएका अध्यक्ष यादवले भन्नुभयो, ‘भारतले भन्दैमा हामीले मान्दैनौँ । भारतको शाखा हो र नेपाल ? भारतले भन्दैमा सबै कुरा मान्ने ?’