३० आश्विन २०८३, शुक्रबार

दिल्लीमा सैनिक विमान दुर्घटना, दश जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bsf-super-king-aircraft-crash_650x400_61450763424_930333122

नयाँ दिल्ली, ७ पुस । चार्टर गरेर सेनाका सदस्यहरुलाई लगिएको एक विमान नयाँ दिल्लीको प्रमुख विमानस्थलनजिकै मङ्गलबार दुर्घटनाग्रस्त हुँदा विमानमा रहेका १० व्यक्तिको मृत्यु भएको समाचार छ ।

भारतीय एक मन्त्रीले सो दुर्घटनामा १० व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् । विमानचालकसहित विमानमा सवार रहेका दशै व्यक्तिको मृत्यु भएको कनिष्ठ नागरिक उडड्यान मन्त्री महेश शर्माले बताएका छन् ।

दुई इञ्जिन भएको सानो उक्त विमान सेनाका १० सदस्यलिएर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयपछि नै दुर्घटना भएको जनाइएको छ ।

उक्त दुर्घटना स्थानीय समयानुसार सोमबार बिहान ९ः५० बजे बिहान भएको हुनुपर्ने अनुमान गरिएको छ । तर दुर्घटनाको सूचना तत्कालै प्राप्त गर्न भने नसकिएको जनाइएको छ ।

विमानस्थलबाट विमान उडेको केहि समयपछि नै चालकसँग सम्बन्ध बिच्छेद भएको वायुसेवाका अधिकारीहरुले जानकारी दिएका छन् । सो दुर्घटनाग्रस्त इलाकामा उद्धारकार्य जारी रहेको बताइएको छ । रासस/एएफपी