काठमाडौँ, ७ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनसग नेपालका लागि भारतीय राजदूत रणजीत रायले शिष्टाचार भेट गर्नुभएको छ ।
उपराष्ट्रपति कार्यालय बहादुर भवनमा आज भएको भेटमा भारतीय राजदूत रायले दुई देशबीच रोटी र बेटीको समेत सम्बन्ध रहेको धारणा राख्दै भारत नेपालसँगको सम्बन्ध अझै सुदृढ गर्ने पक्षमा रहेको बताउनुभएको थियो । उहाले भारतको चाहना नेपालमा शान्ति, समृद्धि र स्थायित्व भएको दोहो¥याउनुभयो ।
जवाफमा उपराष्ट्रपति पुनले नेपाल–भारतबीचको सम्बन्ध निकै पुरानो भएको बताउनुहु“दै जनस्तरसम्म रहेको सांस्कृतिक सम्बन्धलाई अझै सुदृढ गर्न दुवै मुलुकका लागि आवश्यक छ भन्नुभयो ।
नेपाली जनताको सात दकश पहिलेदेखिको संविधानसभाबाट संविधान जारी गर्ने चाहना पूरा भएको बताउनुहुदै उहाले नेपालको अबको गन्तव्य समृद्ध नेपाल निर्माण भएको बताउनुभएको उपराष्ट्रपति पुनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै उपराष्ट्रपतिसग आजै नेपालका लागि म्यानमारका नवनियुक्त राजदूत यु ल्विन उले पनि भेट गरी नेपाल–म्यानमारका सम्बन्ध धेरै पुरानो भएको बताउनुभयो । म्यानमार सरकार र विद्रोही समूहबीच शान्ति प्रक्रिया जारी रहेको बताउनुहुदै उहाले नेपालको शान्तिप्रक्रियास“ग आफूहरुको शान्ति प्रक्रिया मिल्दो रहेको बताउनुभयो ।
उपराष्ट्रपति पुनले नेपाल–म्यानमारबीचको औपचारिक सम्बन्ध सन् १९६० देखि सुरु भएपनि दुई देशबीचको सम्बन्ध धेरै पुरानो भएको बताउनुभयो । उहाले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म विकास गर्नुपर्ने बताउनुभएको थियो । रासस















प्रतिक्रिया