१३ कार्तिक २०८३, शुक्रबार

कम्बल पाउँदा वृद्धवृद्धा मख्ख (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhangadi-Kambal (1)

धनगढी, ७ पुस । चिसो मौसममा कम्बल पाउदा धनगढी उपमहानगरपालिको फूलवारी र उर्माका वृद्धवृद्धा मख्ख भएका छन् ।

‘हामी वुढापाकालाई आफ्नै छोराछोरीले त वास्ता गर्दैनन्’ स्वास्थ्यकर्मी छोराका बृद्ध बुबाले फाया नेपालले मंगलबार वितरण गरेको कम्बल लिदै भने- मलाई त देउतै आएजस्तो लाग्यो ।

उर्माकै ६० वर्षिय झक्री जोशीले कम्मल पाएपछि खुसी हुदै भनिन्– आजभोलीका मान्छे हामीसंग वोल्न पनि गाह्रो मान्छन्, तपाईंहरूले त कम्बल बाड्नुभयो ।

Dhangadi-Kambal (2)फाया नेपालले विपद उत्थानशिलतामा जेष्ठ नागरिकको सहभागिता प्रकोप पूर्व तयारी तथा उद्धार सामाग्री हस्तान्तरण कार्यक्रम अन्र्तगत फूलवारी र उर्माका ६ वटै वडाका ६० जना वृद्धवृद्धालाई मंगलवार कम्मल वितरण गरेको थियो ।

‘वृद्धवृद्धाको सवैले माया, सम्मान र रेखदेख गर्नुपर्छ’ भन्ने सन्देश दिन ६० वर्षमाथिकालाई कम्मल दिइएको फायाका पूर्व अध्यक्ष धनपति ढुंगेलले वताए । फूलवारी र उर्माका वडा सचिवलाई विपतका वेला समेत वृद्धवृद्धा सहितका नागरिकलाई उद्धार गर्नका लागि डेढ÷ डेढ लाख रुपैयाका विभिन्न सामग्री पनि मंगलवार हस्तान्तरण गरिएको छ ।

Dhangadi-Kambal (1)वृद्धवृद्धालाई उर्मामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह, कैलाली जिल्ला अध्यक्ष भरत शाह, उपाध्यक्ष जगत साउद, एमाले नेता हनुमान चौधरी, एमाओवादीका दरवारी राना, जेष्ठ नागरिक समूहका अध्यक्ष गंगाराम राना लगायतले कम्मल हस्तान्तरण गरेका थिए ।

यस्तै फूलवारीमा एमालेका गाउँ कमिटी अध्यक्ष डिल्लीराम जैसी, राप्रपा नेपालका जगत हमाल, जेष्ठ नागरिक समूहका अध्यक्ष होमप्रसाद गौतम लगायतले कम्मल वितरण गरेका थिए ।